दफा ९८
जिल्ला सभाको सम्पत्तिको संरक्षण
(१) जिल्ला सभाको क्षेत्रभित्रको देहायका सम्पत्ति उपर जिल्ला सभाको हक हुनेछ र जिल्ला सभाले त्यस्तो सम्पत्तिको रेखदेख, मर्मत र सम्भार तथा अन्य प्रबन्ध गर्नु पर्नेछः–
(क) जिल्ला सभाको स्वामित्वमा भएको वा जिल्ला सभाको कोषबाट खरिद वा निर्माण गरेको जग्गा, भवन, सवारी साधन, मेसिन, औजार लगायतका सम्पत्ति,
(ख) नेपाल सरकार, प्रदेश सरकार वा कुनै संस्था वा व्यक्तिबाट हक हस्तान्तरण भई प्राप्त हुने सम्पत्ति ।
(२) जिल्ला सभाले उपदफा (१) बमोजिमको सम्पत्ति नेपाल सरकारको स्वीकृति नलिई बेचबिखन गर्न वा अरु कुनै व्यहोराले हक हस्तान्तरण गर्न पाउने छैन ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा उल्लेख भएको भए तापनि जिल्ला सभाको उपयोगको लागि बढी हुने देखिएको वा जिल्ला सभाले सिफारिस गरेको कुनै सम्पत्ति मन्त्रालयले कुनै गाउँपालिका वा नगरपालिका वा अन्य सरकारी निकायलाई उपभोग गर्नका लागि उपलब्ध गराउन वा हक हस्तान्तरण गर्न बाधा पर्ने छैन ।
तर जग्गा वा भवनको हक हस्तान्तरण गर्दा नेपाल सरकारबाट निर्णय भएको हुनु पर्नेछ ।